कुनै प्रतिगमनकारी कानुन आउँदैन: प्रधानमन्त्री ओली

हिमाल प्रेस १ भदौ २०८२ १९:१६
30
SHARES
कुनै प्रतिगमनकारी कानुन आउँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट पारेका छन्।

मुलुकी संहिता दिवस २०८२ का अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा पनि उनले जोड दिए। मुलुकी संहितामा देखिएका कमीकमजोरीहरूलाई संशोधन गर्नुपर्ने उनले बताए।

बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरू पनि देखिएको भन्दै उनले यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न नसकिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले न्यायालयको स्वतन्त्र भूमिकालाई सम्मानसहित मान्ने कुरामा कार्यकारिणीका तर्फबाट पूराका पूरा साथ रहने जिकिर गरे।

उनले समाजलाई सच्चरित्रमा विकसित गर्दै आग्रहहीन ढंगले कानुनको कार्यान्वयन र व्याख्या गर्न लाग्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित: १ भदौ २०८२ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast