
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमण र दुईपक्षीय समग्र विषयमा छलफल गर्न भारतीय देश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ ओर्लने भएका छन्। उनी एक वर्षपछि नेपाल आउन लागेका हुन। गतवर्ष साउन २७मा नेपाल आएका थिए। सोही बेला नेपाल-भारत दुइपक्षीय समग्र विषयमा छलफल भएको थियो।
उनी यतिबेला परराष्ट्र परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणा नेपाल आउन लागेका हुन्। हालका सचिव यसअघि मिश्री आउँदा मन्त्रालयको प्रवक्ता थिए। परराष्ट्र अधिकारीहरुका अनुसार उनको भ्रमणले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका लागि आधार र वातावरण तयार गर्नेछ।
परराष्ट्र सचिव स्तरीय बैठकमा नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल हुनेछ। यो सँगै दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल पनि अहिले हुने बैठकमा हुनेछ।
गतवर्ष भएको बैठकमा पनि यही विषयमा छलफल केन्द्रित थियो। त्यतीबेला भारतीय विदेश सचिव मिस्रीको परिचयात्मक भ्रमण भनिएकाले कुनै सहमति र सम्झौता हुन सकेको थिएन। अहिले पनि सहमति र सम्झौता भन्दा पनि प्रधानमन्त्री स्तरीय बैठकमा गरिने सहमति र सम्झौताको आधार तय गर्ने अधिकारीहरुले बताए।
‘भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ,’ भारतीय विदेशमन्त्रालयले उनको भ्रमण हुनु एक दिन अघि अर्थात आज दिउसो प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेपाल र भारतबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ जसले हालैका वर्षहरुमा सहकार्यका विविध क्षेत्रहरुमा ठोस प्रगति देखेको छ। विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिन्छ र हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुनेछ।’
प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई बढवा दिन यो भ्रमण तय भएको एक अधिकारीले बताए। औपचारिक तिथि सार्वजनिक नभए पनि नेपालले भदौ ३१ मा प्रधानमन्त्री ओली भारत जाने प्रस्ताव पठाएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा भएको छैन ।
प्रधामनन्त्री ओलीसँगको भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणा गर्नेछन्। प्रधानमन्त्री मोदी र ओलीबीच भदौ ३१ मा बोधगयामा हुने भनिएको छ। मिस्रीको भ्रमणका क्रममा दुई देशबीच प्रधानमन्त्रीको भारत भ्रमणका सम्भावित कार्यसूची, समझदारी, सम्झौता र हस्ताक्षर गर्न सकिने दस्तावेजहरूबारे छलफल हुने पनि अधिकारीहरुले बताएका छन्।
यस्तौ प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमण गर्नुअघि भदौ १४ मा बेइजिङ जाने तयारी पनि भइरहेको छ। उनी सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जान लागेका हुन। प्रधानमन्त्री बनेपछि ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ भने त्यहाँ बाट फर्केपछि मात्र भारत जाने तय हुनेछ। उनले मोदीलाई बेइजिङमा पनि भेट्ने तयारी भइरहेको छ।
भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रतिबिम्बमा भारत र नेपालबीच बारम्बार उच्चस्तरीय भ्रमण र आदानप्रदानहरु भइरहेका छन्। सन् २०१४ मे अर्थात मोदी सत्तामा आए यता नेपाल र भारतबीच राष्ट्र एवं सरकार प्रमुखको स्तरमा १७ वटा भेटघाट भइसकेका छन्। मोदीले सन् २०१४ मे यता पाँच पटक नेपालको भ्रमण गरिसकेका छन्।
हाम्रा प्रधानमन्त्रीहरुले सन् २०१४ मे यता दश पटक भारतको भ्रमण गरिसकेका छन्। तर यसपटक ओली प्रधानमन्त्री भएर आफ्नो कार्यकाल सकिन लाग्दै गर्दा भारत भ्रमण जुर्न लागेको हो। चीनमा हुने वार्ताले मात्र मोही र ओलीको वाता तय हुनेछ।
मोदीको पछिल्लो नेपाल भ्रमण सन् २०२२ मे १६ मा लुम्बिनीमा भएको थियो। हाम्रा प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमण नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२३ मे ३१–जुन ३ सम्म गरेका थिए। त्यस अयता कुनै भ्रमण हुन सकेको छैन। दाहालको भ्रमणका दौरान लिइएका निर्णयहरुका अवस्थाबारे बुझ्न दुवै प्रधानमन्त्रीले सन् २०२३ अगस्ट ५ मा टेलिफोन वार्ता पनि गरेका थिए।
तेस्रो पटक दाहाल प्रधानमन्त्री नियुक्त भएपछि सन् २०२४ जुन ५ मा प्रधानमन्त्री मोदीले टेलिफोनबाट बधाई तथा शुभकामना दिएका थिए। मोदीले प्रधानमन्त्री ओलीलाई सन् २०२४ जुलाई १५ मा प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा बधाई दिएका थिए भने सन् २०२४ सेप्टेम्बर २२ मा न्यूयोर्कमा साइडलाई वार्ता पनि गरेका थिए। सन् २०२५ अप्रिल ४ मा बैंककमा भएको छैठौं बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा पनि भेटवार्ता भएको थियो।
जम्मू कश्मीरमा भएको जघन्य आतंकवादी आक्रमणको कडा निन्दा गर्न प्रधानमन्त्री ओलीले सन् २०२५ अप्रिल २३ मा प्रधानमन्त्रीलाई फोन गर्दै त्यस घटनामा जीवन गुमाएकाप्रति समवेदना व्यक्त गरेका थिए। त्यसपछि मोदी र ओलीबीच केही सम्पर्क बनेको देखिन्छ। १८ वर्षको अन्तरालपछि सन् २०१६ नोभेम्बरमा तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गरेका थिए। त्यसको ए कवर्षपछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राजकीय भ्रमण गरिन।
मन्त्रीस्तरीय स्तरमा हाम्रा विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले सह-अध्यक्षता गरेका संयुक्त आयोगको बैठक सन् २०१४ मे यता ५ पटक बसिसकेको छ । संयुक्त आयोगको ७ औं बैठक सन् २०२४ मा काठमाडौंमा सम्पन्न भएको थियो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका विदेशमन्त्रीको निमन्त्रणामा सन् २०२४ अगस्ट १८–२२ सम्म भारतको औपचारिक भ्रमण गरिसकेकी छन्। साइडलाइनमा पनि भेटघाट र वार्ता भएका छन्।
कार्यात्मक स्तरमा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धको सम्पूर्ण क्षेत्रलाई समेट्ने ४० भन्दा बढी वटा भन्दा बढी स्थागत संयन्त्रहरु छन्। ती सबैको विभिन्न चरणमा छलफलहरु भइरहका हुन्छन् जसले द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्रहरुमा विशेष गरी कनेक्टिभिटी – भौतिक, डिजिटल, ऊर्जा र जनता-जनता सम्बन्धमा उल्लेखनीय प्रगति पनि गर्दै गएको छ। यो सडक, पुल, अन्तरदेशीय रेलवे, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइनहरुसँग सम्बन्धित पूर्वाधार परियोजनाहरुको स्थिर कार्यान्वयनबाट प्रष्ट हुने परराष्ट्र अधिकारीले बताएका छन् ।
हालैका उच्चस्तरीय भ्रमणका केही प्रमुख उपलब्धिहरुमा नेपालगञ्ज, भैरहवा र दोधारा–चाँदनीमा एकीकृत जाँच चौकीहरुमा भएको प्रगतिस भारत र नेपालबीच मालवाहक रेल सेवाको उद्घाटन, कुर्था–बिजलपुरा र रक्सौल–काठमाडौं रेलवे लाइनमा भएको प्रगतिस मोतिहारी–अमलेखगन्ज पाइपलाइन दोस्रो चरणले पाएको गति र सिलिगुडीदेखि झापा र अमलेखगन्जदेखि चितवनसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण जस्ता ऐतिहासिक कनेक्टिभिटी पहलहरु समावेश छन् ।
दीर्घकालीन विद्युत व्यापार सम्झौता र भारत–नेपाल र बंगलादेशबीच त्रिपक्षीय विद्युत व्यापार सम्झौतालाई अन्तिम रुप दिने कार्य र ४८० मेगावाटको फुकोट कर्णाली र ६६९ मेगावाटको तल्लो अरुण लगायत भारतीय विकासकर्ताहरुद्वारा नेपालमा नयाँ जलविद्युत परियोजनाहरुको विकासको सम्बन्धमा गरिएको सम्झौताहरुमा हस्ताक्षर ऊर्जा क्षेत्रका प्रमुख उपलब्धिहरु रहेको भारतीय अधिकारीहरुले बताएका छन्।
डिजिटल वित्तीय कनेक्टिभिटीको क्षेत्रमा नेपालले सन् २०२४ मार्चदेखि नेपालको फोनपे क्यूआरसँग अन्तरसञ्चालनशीलता मार्फत यूपीआई भुक्तानीहरु स्वीकार गर्न थालेको छ । अन्तरदेशीय डिजिटल भुक्तानीहरु सहज बनाउन एनपीसीआईएल (नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया लिमिटेड) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एक सम्झौतापत्र कार्यान्वयनको चरणमा छ ।
ऐतिहासिक रुपमा भारत र नेपालका सेनाहरुबीच पारस्परिक विश्वास र सम्मानमा आधारित उत्कृष्ट र सुमधुर सम्बन्ध रहेको छ । भारत र नेपालले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने लामो समयदेखिको अद्वितीय परम्परा रहेको छ।
भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमले सन् २०२४ नोभेम्बर २०–२४ सम्म नेपालको भ्रमण गरेका थिए भने नोभेम्बर २१ मा नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले वहाँलाई ‘नेपाली सेनाको मानार्थ महारथी’ को उपाधि प्रदान गरेका थिए। त्यस्तै नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलले पनि सन् २०२४ डिसेम्बर १०–१५ सम्म भारतको भ्रमण गरे। अनि र डिसेम्बर १२ मा भारतका राष्ट्रपतिबाट ‘भारतीय सेनाको मानार्थ महारथी’ को उपाधि पनि लिएका छन्।
भारत र नेपालबीच रक्षा क्षेत्रमा व्यापक सहकार्य रहेको छ । भारतले विभिन्न प्रकारका रक्षा भण्डारहरुको व्यवस्था गरेर र नेपाली सेनाका कर्मचारीहरुलाई नियमित तालिम दिएर नेपाली सेनाको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । भने दुई सेनाबीचको बलियो सम्बन्धको दृष्टान्त भारतीय सेनाको गोर्खा रेजिमेन्ट मार्फत प्रस्तुत गरिएको छ जसमा नेपालका करिव ३२ हजार गोर्खा सैनिकहरु छन् । काठमाडौँस्थित भारतीय राजदूतावासको रक्षा प्रभाग र पेन्सन भुक्तानी कार्यालयहरुले नेपालका सेवानिवृत्त गोर्खा सैनिकहरुलाई पेन्सन वितरण गर्छन् र पूर्व गोर्खा सैनिकहरु र उनीहरुका परिवारहरुलाई पुनः तालिम, पुनर्वास र सहयोग गर्ने जस्ता विभिन्न कल्याणकारी कार्यक्रमहरु पनि आयोजना गर्छन् ।
भारत र नेपालबीचको संयुक्त सैन्य अभ्यास, सूर्य किरणले दुई पक्षबीच जंगल युद्ध, पहाडी भूभागमा आतंकवाद विरोधी कार्यहरु र मानवीय सहयोग र विपद् राहतमा अन्तरसञ्चालनशीलता बढाउने लक्ष्य राखेको छ । अभ्यासको १८ औं संस्करण सन् २०२४ डिसेम्बर २९ देखि सन् २०२५ जनवरी १३ सम्म नेपालको सालझण्डीस्थित नेपाली सेनाको ब्याटल स्कुलमा आयोजना गरिएको थियो । विशेष गरी सन् २०१५ को भूकम्प र कोभिड–१९ महामारीको समयमा भारतीय सेना नेपालमा भारतको मानवीय सहायता र विपद् राहत अपरेशनमा पनि अग्रपंक्तिमा भारतीय सुरक्षा निकाय नै थियो।
भारत नेपालको सबैभन्दा ठूलो विकास साझेदार हो, हाम्रो विकास सहायताको ठूलो हिस्सा अनुदान अन्तर्गत ठूला स्तरका पूर्वाधार परियोजनाहरुमा केन्द्रित छ । भारतले सन् १९५० को दशकदेखि नेपाललाई विकास सहायता प्रदान गर्न सक्रिय रुपमा काम गर्दै आएको छ ।
नेपालमा भारत सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएका र सम्पन्न भएका केही प्रमुख परियोजनाहरुमा गौचर विमानस्थल ९त्रिभुवन विमानस्थल०, पूर्व पश्चिम राजमार्ग, नेपाल भारत मैत्री आपतकालीन तथा ट्रमा सेन्टर, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालयमा विकास परियोजनाहरु, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, र वीर अस्पतालको ५ तले ओपीडी कम्प्लेक्सको निर्माण समावेश छन् ।
भारतको नेपालसँगको विकास साझेदारी विगत १५ वर्षमा उल्लेखनीय रुपमा बढेको छ । नेपालको यातायात र वाणिज्यको समुद्री मार्गहरुमा पहुँचलाई सक्षम र सहज बनाउन धेरै कनेक्टिभिटी परियोजनाहरु अगाडि बढाइएको छ । भारत सरकारले प्रत्येक वर्ष नेपाली विद्यार्थीहरुलाई भारत र नेपालमा विभिन्न विषयहरुको कोर्षका लागि १,५०० भन्दा बढी छात्रवृत्ति प्रदान गर्दछ । सन् २००१ देखि यता लगभग ४० हजार नेपाली विद्यार्थीहरु यस्ता छात्रवृत्ति योजनाहरुको प्रत्यक्ष लाभार्थी भएका छन् ।
उनी साेमबार नै स्वदेश फर्कने छन्। उनले याे समयमा दुई पक्षीय नियमित वार्ता वाहेक राजनीतिक भेटघाट पनि गर्नेछन्। उनले कुन माेडलमा राजनीतिक भेटघाट गर्छन त्यो स्पष्ट छैन। तर उनको सबै भेटघाट र दुईपक्षीय वार्ता सम्बन्धमा कुनै उल्लेख्य जानकारी दिइएकाे छैन।
*शीर्षकमा अन्यथा भएकाले सच्याइएको छ