रवि लामिछाने १३१ दिन भैरहवा जेलमा बसेर नख्खु सरुवा

हिमाल प्रेस ३१ साउन २०८२ १७:४९
14
SHARES
रवि लामिछाने १३१ दिन भैरहवा जेलमा बसेर नख्खु सरुवा रवि चढेको प्रहरीको गाडी नख्खु कारागारभित्र लगिँदै।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने नख्खु कारागारमा सरुवा भएका छन्। उनलाई शनिबार भैरहवा कारागारबाट नख्खु कारागार सरुवा गरिएको हो। लामिछानेलाई भैरहवाबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको रास्वपा नेता स्वर्णिम वाग्लेले जनाएका छन्।

सभापति लामिछानेलाई विमानस्थलबाट सीधै नख्खु कारागार लगिएको छ।

लामिछाने २०८१ चैत २५ गते भैरहवा कारागार चलान भएका थिए। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार उनी जेल चलान भएका थिए।

राष्ट्रिय मानवअधिकार आयोगले गत साता लामिछानेलाई राखिएको रुपन्देही जिल्ला कारागार अनुगमन गरेपछि त्यहाँ अवस्था एकदमै नाजुक रहेको पाइएको जनाएको थियो। रास्वपाले विगत तीन महिनादेखि अगाडिदेखि जेल सार्न अनुरोध गर्दै आएको थियो। आयोगले प्रश्न उठाएपछि सरकारलाई अड्डा सार गर्न दबाब परेको थियो।

कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेको अनुरोध र अदालतको अनुमति भएपछि नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय गरेको जानकारी दिए।

रवि लामिछानेलाई प्रहरीको गाडीमा भैरहवा कारागारबाट शनिबार विमानस्थलतर्फ लगिँदै।

लामिछानेले मुलुकी अपराध कार्यविधि संहिताको अर्को व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न एक साताअघि निवेदन दिएका थिए। रूपन्देही जिल्ला अदालतले गत साता उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।

लामिछाने काठमाडौँ ल्याउने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा रास्वपाका कार्यकर्ताहरू र शुभेच्छुकहरू  पुगेका थिए। नख्खु कारागारको गेटमा पुगेका कार्यकर्ताले रवि लामिछानेका पक्षमा नाराबाजी गरेका छन्। उनलाई प्रशासनले कार्यकर्तालाई छलेर आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।

आफ्नो दलका सभापतिलाई राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै रास्वपाले आफ्नो मुद्दामा समर्थन खोज्दै असार ७ गतेबाट सर्वसाधारणको हस्ताक्षर संकलन जारी राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast