पाकिस्तानमा बाढीमा परी ३०७ जनाको ज्यान गयो

हिमाल प्रेस ३१ साउन २०८२ १५:२३
4
SHARES
पाकिस्तानमा बाढीमा परी ३०७ जनाको ज्यान गयो पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर उडेको दुर्घटनाग्रस्त हेलिकप्टर। तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ- पाकिस्तान र पाकिस्तान-प्रशासित कस्मिरमा भइरहेकाे मनसुन बाढी र पहिरोका कारण मृत्यु हुनेकाे संख्या ३०७ पुगेको छ।

उत्तर-पश्चिम पाकिस्तानको पहाडी क्षेत्र खैबर पख्तुनख्वामा धेरै मानिसको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस क्षेत्रमा कम्तीमा ७४ घर क्षतिग्रस्त भएका छन्। उद्धारकार्यका क्रममा एक हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

पाकिस्तान-प्रशासित कस्मिरमा नौजनाको मृत्यु भएको छ भने उत्तरी गिलगित-बाल्टिस्तान क्षेत्रमा पाँचजनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

सरकारी मौसम पूर्वानुमानअनुसार २१ अगस्टसम्म उत्तर-पश्चिम पाकिस्तानमा भारी वर्षा जारी रहनेछ।

बुनेरका बाढीपीडित अजिजुल्लाहले बाढी प्रलय जसरी आएको बताए। उनले भने, ‘मैले ठूलो आवाज सुनेँ, पहाड खसिरहेजस्तो सुनिएको थियो। म बाहिर दौडिएँ र पूरै क्षेत्र हल्लिरहेको देखेँ। मलाई त संसारकै अन्त्य भएजस्तो लाग्यो।’

खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गदापुरका अनुसार एम–१७ हेलिकोप्टर बाजौरतर्फ उड्दा खराब मौसमका कारण दुर्घटना भएको हो। त्यो अफगानिस्तानसँग सिमाना जोडिएको क्षेत्र हो। रासस/एएफपी

प्रकाशित: ३१ साउन २०८२ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast