सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट शिक्षकको हत्या

हिमाल प्रेस ३१ साउन २०८२ १२:१७
92
SHARES
सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट शिक्षकको हत्या सांकेतिक तस्बिर

सर्लाही- सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छिमेकीसँग गफ गरिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।

मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

छिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुईजना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए।

गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको थियो । एकजना फरार भएका छन् भने अर्का घाइतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलंगवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्दै आएका छन् । उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयले जनाएका छन् । रासस

प्रकाशित: ३१ साउन २०८२ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast