२४ घण्टे अल्टिमेटम बुझाउँदै समाजवादी युवा संघको असन्तुष्ट पक्ष, माग पूरा नभए भोलि समानान्तर कमिटी

हिमाल प्रेस ३१ साउन २०८२ ८:४८
30
SHARES
२४ घण्टे अल्टिमेटम बुझाउँदै समाजवादी युवा संघको असन्तुष्ट पक्ष, माग पूरा नभए भोलि समानान्तर कमिटी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र युवासंघका अध्यक्ष सञ्जीव राई।

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा किचलो बढ्दो छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले किनारामा पारेको भन्दै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकटस्थ युवा नेताहरू असन्तुष्ट छन्।

उनीहरूले पटकपटक निर्णय सच्याउन माग गरिरहेका छन्। नेपालले आफूपक्षीय रोशन थापालाई संयोजक तोकेको र कमिटी समेत विस्तार गरेको भन्दै सञ्जीव राई पक्ष आक्रोशित बनेको छ। राईपक्षले यसअघि नै युवा संघको काठमाडौँ भेला गरेको छ। अब भने राई सामानान्तर गतिविधिमा लाग्ने तयारीमा छन्।

राई निकट एक नेताका अनुसार आज २४ घण्टे अल्टिमेटमसहितको पत्र कार्यालयमा बुझाइने छ। ‘यसअघिको अपानि (अन्तर पार्टी निर्देशन) सच्याउन माग गर्दै हामी पत्र बुझाउँदैछौँ,’ ती नेता भन्छन्,‘नभए आइतबार कमिटी फ्याक्दिने हो।’ ती नेताका अनुसार नेपालले सन्जीवलाई रोकेका कारण युवा संघमा लफडा भएको हो।

‘अध्यक्षबाटै असहयोग भयो। एकैचोटी समानान्तर गठन गर्दा बढी आक्रोशित भएजस्तो देखिन्छ। त्यही भएर अल्टिमेटम बुझाउने हो।’ युवा संघको संयोजकमा रोशन थापा छन्। उनलाई पार्टीले नियुक्ति गरेको हो। यसअघिबाटै युवा संघमा विवाद चलिरहेको छ। युवा संघमा समानान्तर गतिविधि बढाइरहेका राईले पनि अब गतिविधि बढाउने स्वीकार गरे। ‘पार्टीसँग छलफल गर्ने हो। तर यही काम गर्छौँ भन्ने एकीन छैन।’ राई भन्छन्।

प्रकाशित: ३१ साउन २०८२ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast