‌‌‌‌‌‌‌‌‌माओवादीसँग समाजवादीको एकता हल्ला मात्रै हो : दामोदर अर्याल

हिमाल प्रेस ३१ साउन २०८२ ७:१२
140
SHARES
‌‌‌‌‌‌‌‌‌माओवादीसँग समाजवादीको एकता हल्ला मात्रै हो : दामोदर अर्याल एकीकृत समाजवादीका नेता दामोदर अर्याल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पोलिट्बयुरो सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले एकीकृत समाजवादीको माओवादीसँगको एकता हल्ला मात्र भएको बताएका छन्।

उनले माओवादीबाट एकता हुँदैछ भन्ने हल्ला फिजिएको र त्यस्तो हल्लामा नपर्न अनुरोध गरेका छन्। उनले पार्टीको शुक्रबारको सचिवालय बैठकले वाम पार्टीसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजवुत बनाउने निर्णय गरेको जनाएका छन्।

उनले अरू वाम पार्टीहरुसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट नगरेको जनाएका छन्।

प्रकाशित: ३१ साउन २०८२ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast