रवि लामिछानेलाई रूपन्देहीबाट काठमाडौँ ल्याइने

हिमाल प्रेस ३१ साउन २०८२ ६:५१
32
SHARES
रवि लामिछानेलाई रूपन्देहीबाट काठमाडौँ ल्याइने पत्नी निकिता पौडेलका साथ बिहीबार जिल्ला अदालत रूपन्देहीतर्फ जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। तस्बिर : विनोद परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार ल्याइने निर्णय भएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

कारागार व्यवस्थापन विभागले निर्णय गरेर रूपन्देही कारागारमा पठाइसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । रविले नै नख्खु कारागार बस्न माग गरेका थिए ।

 

प्रकाशित: ३१ साउन २०८२ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast