
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र रातिको सम्भावित मौसम र वर्षाबारे जानकारी दिएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाड क्षेत्रमा साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहनेछ।
कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मौसम महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर छ।