मकाउका अर्थ सचिवसँग नेपाली महावाणिज्यदूतको भेट, श्रमिकको हितबारे छलफल

हिमाल प्रेस ३० साउन २०८२ १९:५८
6
SHARES
मकाउका अर्थ सचिवसँग नेपाली महावाणिज्यदूतको भेट, श्रमिकको हितबारे छलफल

काठमाडौँ- हङकङ र मकाउका लागि नेपालका महावाणिज्यदूत बिन्देश्वरप्रसाद लेखकले बिहीबार मकाउ विशेष प्रशासनिक क्षेत्रका अर्थ तथा वित्त सचिव ताइ किन इपसँग भेटवार्ता गरेका छन्।

इपको कार्यकक्षमा भएको भेटमा लेखकले मकाउलाई नेपाली श्रमिकहरूको महत्त्वपूर्ण गन्तव्यका रूपमा उल्लेख गर्दै उनीहरूको हितका विषयमा छलफल गरेका थिए।

श्रमिकका परिवारका लागि भिजिट भिसा विस्तारको सुविधा दिलाउने विषयमा समेत छलफल भएको महावाणिज्यदूतावासले जनाएको छ। साथै नेपाल-मकाउबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका सम्भावनाबारे पनि छलफल गरिएको थियो।

सचिव इपले स्थानीय अर्थतन्त्रमा नेपाली श्रमिकको उल्लेखनीय योगदानको प्रशंसा गर्दै व्यापार र जनस्तरमा सम्बन्ध सुदृढ बनाउन चासो व्यक्त गरेका थिए।

त्यसै गरी लेखकले मकाउस्थित चिनियाँ विदेश मन्त्रालयका आयुक्त लिउ सिआन्फासँग पनि भेट गरेका थिए। सो अवसरमा दुवैले नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको भएको अवसरमा बधाई सन्देश आदानप्रदान गरेका थिए।

लेखकले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै चीनसँगको दीर्घकालीन विश्वासपूर्ण साझेदारीलाई जोड दिएका थिए। आयुक्त लिउले श्रम कूटनीति, व्यापार, लगानी र विद्यार्थी आदानप्रदानमा सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए।

प्रकाशित: ३० साउन २०८२ १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast