प्रा.डा. श्रेष्ठले सम्हाले बीपी प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी

हिमाल प्रेस ३० साउन २०८२ १६:४०
8
SHARES
प्रा.डा. श्रेष्ठले सम्हाले बीपी प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ।

इटहरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका प्राध्यापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साउन २७ गतेको पत्रअनुसार प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ख (१) बमोजिम उनी पाँच वर्षको कार्यकालका लागि नियुक्त भएका हुन्।

धरानका स्थायी बासिन्दा श्रेष्ठ यसअघि प्रतिष्ठानका शिक्षाध्यक्ष र हाडजोर्नी विभागका प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल २०८१ चैत २६ मा समाप्त भएपछि शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्माले निमित्त उपकुलपतिका रूपमा कार्यभार सम्हाल्दै आएका थिए।

प्रकाशित: ३० साउन २०८२ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast