‘राम नाम सत्य’ काे शुभ मुहूर्त, काेकाे छन् कलाकार?

हिमाल प्रेस ३० साउन २०८२ ११:१६
12
SHARES
‘राम नाम सत्य’ काे शुभ मुहूर्त, काेकाे छन् कलाकार?

काठमाडौँ- फिल्म ‘राम नाम सत्य’ काे शुभ मुहूर्त गरिएको छ।  ललितपुरको बंगलामुखी मन्दिरमा बिहीबार फिल्मको शुभ मुहूर्त गरिएको हाे।

साथै फिल्मका मुख्य कलाकार विराज भट्टको एक्सन अवतारसहितको पोस्टर पनि सार्वजनिक गरिएको छ ।

फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी र आयुष सिंह ठकुरीको अभिनय रहनेछ। आयुष सिंह ठकुरी टिकटकबाट चर्चामा आएका व्यक्ति हुन्। उनले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्।

फिल्म माइकल चन्दको निर्देशनमा बन्नेछ। फिल्ममा निर्देशक चन्दकै कथा र पटकथा रहनेछ। निर्देशक चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म भनेका छन्।

काठमाडौँ र चितवनमा छायांकन गरिने टिमले जनाएको छ। संजय लामाले छायांकन गर्नेछन्। उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा किशोर भट्ट र डाक्टर डी.आर. उपाध्याय छन्।

फिल्म श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रंग संयोजनमा बन्नेछ।

आगामी नयाँ वर्षको छेकोमा चैत २७ मा प्रदर्शन गर्ने टिमको योजना छ। फिल्म माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा बन्न लागेको हो।

प्रकाशित: ३० साउन २०८२ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast