चितुवाको छालासहित एक पक्राउ

हिमाल प्रेस ३० साउन २०८२ १०:३४
8
SHARES
चितुवाको छालासहित एक पक्राउ

दार्चुला- शैल्यशिखर नगरपालिका वडा नं. ३, कर्कलेस्थित गोकुलेश्वर-मार्मा सडकखण्ड नजिक शुक्रबार संकास्पद रूपमा हिँडिरहेका भान सिंह ऐरलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार ऐरको साथमा रहेको कालो झोलाबाट ६ फिट ३ इन्च लम्बाई, अगाडिको खुट्टाको चौडाई ३ फिट १० इन्च, पछाडिको खुट्टाको चौडाई ३ फिट ८ इन्च र कम्मरको भाग १ फिट १० इन्च रहेको चितुवाको छाला बरामद भएको छ।

बरामद छालासहित उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० साउन २०८२ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast