तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

हिमाल प्रेस ३० साउन २०८२ १०:२४
12
SHARES
तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

म्याग्दी- सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ-बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ।

मालढुंगा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।

उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए।

 

प्रकाशित: ३० साउन २०८२ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast