
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ताजा र सुकेको माछाको थोक मूल्य निर्धारण गरेको छ।
सुकेको माछा प्रतिकिलो रु १,००० कायम भएको छ। ताजा माछामा रहु प्रतिकिलो रु ३३०, बचुवा प्रतिकिलो रु २८० र छडी प्रतिकिलो रु २४० मा बिक्री हुने समितिले जनाएको छ।
विशेष प्रजातिका च्याउमा पनि मूल्य उच्च छ। राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० तोकिएको छ। त्यसैगरी च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४१० तोकिएको छ।
प्रकाशित: ३० साउन २०८२ ९:१८
प्रतिक्रिया