डुम्रेमा बस र माइक्रोबस ठोक्किँदा २१ जना घाइते

हिमाल प्रेस २९ साउन २०८२ २०:२८
32
SHARES
डुम्रेमा बस र माइक्रोबस ठोक्किँदा २१ जना घाइते

पोखरा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेमा बस र ईभी माइक्रोबस आपसमा ठोक्किँदा २१ जना यात्रु घाइते भएका छन्। तीमध्ये ईभीमा सवारमध्ये दुई जनाको अवस्था गम्भीर छ।

बिहीबार दिउँसो ४ बजेर ५५ मिनेटमा तनहुँ सदरमुकाम दमौलीदेखि मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ख ६५०३ नम्बरको ईभी बन्दीपुर गाउँपालिका वडा ४, ठूलढुंगामा आपसमा ठोक्किएका हुन्।

बसमा सवार १३ जनामध्ये ११ जना घाइते भएका हुन्। तीमध्ये ५ जनाको अवस्था मध्यम र ६ जना सामान्य छन्। त्यस्तै ईभीमा सवार १० जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, सात जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक आशीष विकले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये आठ जनालाई चितवन मेडिकल कलेज, चार जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र एक जनाको रत्नहरि अस्पताल, दमौलीमा उपचारार्थ पठाइएको छ। बाँकीको स्थानीय लक्ष्मी अस्पताल तनहुँमा उपचार भइरहेको छ।

दुर्घटनाको खबरपछि प्रहरी चौकी डुम्रेका प्रहरी नायव निरीक्षक विजयनाथ यादवको कमाण्डमा आठ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक कृष्णबहादुर चन्दको कमाण्डमा पाँच जनाको टोली उद्धारका लागि खटिएको थियो। दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। केही समय अवरुद्ध सडक अहिले खुलेको छ।

घाइतेको नामावली

चितवन मेडिकल कलेज रेफर भएका घाइतेहरुः
१. ईभीचालक नाम थर वतन नखुलेको अवस्था गम्भीर ।
२. बसमा सवार तनहुँ जिल्ला व्यास १० बस्ने वर्ष २९ को आशा दराई (बायाँ खट्टा र बायाँ हातमा चोट अवस्था सामान्य)
३. बसमा सवार ऐ.ऐ. बस्ने २० महिनाकी साइन दराई (नाक, गालामा चोट अवस्था मध्यम)
४. बसमा सवार लमजुङको दोर्दी २ निवासी वर्ष ३४ की गीता थापा कुँवर (नाक र बायाँ खुट्टामा चोट अवस्था मध्यम)
५. गीता थापाकी छोरी वर्ष १८ की अंशु कुँवर (ओठमा चोट अवस्था सामान्य)
६. ईभीमा सवार नवलपरासीको सुनौल–६ बस्ने वर्ष २६ को विशाल लामिछाने (निधार, दुवै खुट्टा चिउँडिमा चोट अवस्था मध्यम)
७. बसमा सवार तनहुँ व्यास १० बस्ने वर्ष २७ को सोमबहादुर परियार (निधार, गाला र नाकमा चोट अवस्था मध्यम)
८. बसमा सवार भरतपुर ११ बस्ने वर्ष ७४ को पर्शुराम भट्टराई (नाक र बायाँ हातमा चोट अवस्था मध्यम)

मणिपाल अस्पताल पोखरा रेफर भएका घाइतेहरु:
१. ईभी गाडीमा सवार पोखराका ४२ वर्षीय मेखकुमार गुरुङ (मुख र दुवै खट्टामा चोट अवस्था मध्यम)
२. ईभीमा सवार म्याग्दीको बेनी ८ बस्ने वर्ष ३३ को क्षितिज शेरचन (दायाँ आँखामाथि, दायाँ हात र दायाँ खट्टामा चोट अवस्था मध्यम)
३. ईभीमा सवार पोखरा ८ बस्ने २५ की सम्झना ढकाल (बायाँ खट्टामा चोट अवस्था सामान्य)
४.इबिमा सवार म्याग्दी बेनी ८ बस्ने वर्ष ३० की सजिना पुन (मुख र दुबै खुट्टामा चोट अवस्था सिरियस)

रत्नहरि अस्पताल दमौली रिफर भएका घाइते:
१.ईभीमा सवार भरतपुर बस्ने वर्ष २३ की रचना भण्डारी (दुवै खट्टा, दुवै हातमा चोट अवस्था मध्यम)

लक्ष्मी अस्पताल डुम्रेमा उपचाररत:
१. बसमा सवार पोखरा २९ बस्ने वर्ष ४२ का ध्रुवराज सुवेदी (दायाँ हातमा चोट अवस्था सामान्य)
२. बसचालक पोखरा ३२ बस्ने वर्ष ३५ का सचिन दुवा (दायाँ हातमा चोट अवस्था सामान्य)
३. बसमा सवार महोत्तरी चुन्म १ बस्ने वर्ष २४ का सुवासचन्द्र यादव (बायाँ आँखीभुइँमा चोट, दायाँ खुट्टामा चोट अवस्था मध्यम)
४. बसमा सवार नवलपुरको बुलिनटार १ बस्ने वर्ष ३२ की सीता श्रेष्ठ (बायाँ खट्टामा चोट अवस्था सामान्य)
५. बसमा सवार नवलपुरको बुलिनटार १ बस्ने वर्ष ११ को समीर श्रेष्ठ (बायाँ खट्टामा चोट अवस्था सामान्य)
६. ईभीका सहचालक धादिङको ज्वालामुखी ५ बस्ने वर्ष ३६ का साने विश्वकर्मा (दायाँ आँखा, दायाँ कुम, खुट्टामा चोट, अवस्था मध्यम)
७. ईभीमा सवार तनहुँको भानु ६ बस्ने वर्ष ३० की साननानी गुरुङ (टाउकोमा भित्री चोट अवस्था मध्यम)
८. ईभीमा सवार लमजुङको क्होलासोथार ५ बस्ने वर्ष ३८ का बखतबहादुर गुरुङ (बायाँ घँुडा, निधारमा चोट अवस्था मध्यम)

प्रकाशित: २९ साउन २०८२ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast