म:ममा औँठी भेटिएपछि धरहरा टपरी म:मलाई दुई लाख जरिबाना

हिमाल प्रेस २९ साउन २०८२ १६:२४
26
SHARES
म:ममा औँठी भेटिएपछि धरहरा टपरी म:मलाई दुई लाख जरिबाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी म:मलाई खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिबाना तोकिएको छ।

महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्रीवितरणका लागि तयार गरेको म:ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी म:मले पटकपटक महानगरको निर्देशन उल्लंघन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताए। ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिबाना तोकिएको हो,’ न्यौपानेले भने।

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिबाना रकम ७ दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्रीवितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ।

प्रकाशित: २९ साउन २०८२ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast