
काठमाडौँ- यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को छायांकन सकिएको छ। ३५ दिनमा फिल्मको छायांकन सकिएको हो। फिल्म आलोक शुक्लाले छायांकन गरेका हुन्। काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा फिल्म खिचिएको छ।
‘मिरमिरे’ माघ १ मा प्रदर्शन हुनेछ। फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल-कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन्। फिल्मको कथा निर्देशक यम स्वयंले लेखेका हुन्। फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले वितरण गर्नेछ।
प्रकाशित: २९ साउन २०८२ १३:५०
प्रतिक्रिया