
काठमाडौँ- निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। निर्माण टिमले उनलाई बुधबार फिल्ममा अनुबन्ध गरेको हो। उनको भूमिका खुलाइएको छैन।
यसअघि फिल्ममा पल शाह, सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत भित्रिसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट सुरु गरिने टिमले जनाएको छ। अन्य कलाकार तथा प्राविधिक टिम पनि छिटै सार्वजनिक गरिने बताइएको छ।
फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। फिल्म आगामी फागुन १५ मा प्रदर्शन गर्ने टिमको पूर्वतयारी छ।
प्रकाशित: २९ साउन २०८२ १२:०४
प्रतिक्रिया