
म्याग्दी- म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। मालिका गाउँपालिका ५ रुन्मामा बुधबार दिउँसो ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दरवाङबाट रुन्मातर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा मालिका गाउँपालिका-५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
दुर्घटनामा गाडीका चालक मालिका-५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन्। उनीहरुको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २९ साउन २०८२ ८:४१
प्रतिक्रिया