देशका यी यी भागमा आज पर्नेछ भारी वर्षा, सचेत रहनुहोला

हिमाल प्रेस २९ साउन २०८२ ६:३५
10
SHARES
देशका यी यी भागमा आज पर्नेछ भारी वर्षा, सचेत रहनुहोला फाइल तस्बिर।

काठमाडौँ- देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराईआसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईलगायत देशको पहाड भेगका केही स्थान र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति पहाडमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाड तथा तराईलगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: २९ साउन २०८२ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast