ऊर्जामन्त्री खड्का र एमसीसीका सहायक उपाध्यक्ष विंगलबीच शिष्टाचार भेट

हिमाल प्रेस २८ साउन २०८२ १९:४२
18
SHARES
ऊर्जामन्त्री खड्का र एमसीसीका सहायक उपाध्यक्ष विंगलबीच शिष्टाचार भेट

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सहायक उपाध्यक्ष जोन विंगलले शिष्टाचार भेट गरेका छन्।

आज (बुधबार) भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसीसीको सहयोगप्रति आभार व्यक्त गरे। उनले एमसीसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गरे।

मन्त्री खड्काले एमसीसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन निर्माण हुने र नेपालले ऊर्जा विकासमा राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे। एमसीसी परियोजना कार्यान्वयनका लागि द्विपक्षीयसम्बन्ध सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने मन्त्री खड्काले बताए।

एमसीसीका सहायक उपाध्यक्ष विंगलले एमसीसी परियोजनाको कार्यान्वयनका बारेमा जग्गा प्राप्ति, वनलगायतको समस्या सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए।

भेटमा ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो।

प्रकाशित: २८ साउन २०८२ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast