काठमाडौँमा बढ्यो अपराध, पहिलो नम्बरमा बैंकिङ कसुर

हिमाल प्रेस २८ साउन २०८२ १९:११
8
SHARES
काठमाडौँमा बढ्यो अपराध, पहिलो नम्बरमा बैंकिङ कसुर

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौँमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ।

काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौँमा अपराधका घटनामा शून्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको परिसरले जनाएको छ। धेरै संख्यामा दर्ता भएका उजुरीहरूमा बैंकिङ कसुर पहिलो नम्बरमा छ। त्यसपछि क्रमश अभद्र व्यवहार, चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायत रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए।

अपराधका घटना बढ्दै गए पनि जनशक्ति भने अपुग रहेको उनको भनाइ छ। काठमाडौँमा कुल दरबन्दी ४ हजार १६ रहेकोमा हाल कार्यरत जनशक्ति ३ हजार २ सय ३३ मात्रै रहेको अधिकारीले जानकारी दिए। उनले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कुनै कमी हुन नदिने गरी प्रहरी परिचालन गरिएको उल्लेख गरे।

त्यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौँले विपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गर्न सफल भएको जनाएको छ। स्थापनाकालमा ४६ वटा सीआरभी भ्यान रहेकोमा हाल ३८ वटा सीआरभी भ्यान सञ्चालनमा रहेको, ६३ वटा क्युआरटी सञ्चालनमा रहेको काठमाडौं परिसरले जानकारी दिएको छ।

प्रकाशित: २८ साउन २०८२ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast