मनले मानेन, राजीनामा दिएँ : रामहरि खतिवडा

हिमाल प्रेस २७ साउन २०८२ १७:३९
24
SHARES
मनले मानेन, राजीनामा दिएँ : रामहरि खतिवडा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा।

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद् भवनमा मंगलबार सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताएका हुन्। यद्यपि मनले नमानेपछि राजीनामा दिएको खतिवडाको भनाइ छ।

खतिवडाले निजामती सेवा विधेयकमा रहेको कुलिङ अफ पिरियड (विश्राम अवधि) सम्बन्धी छानबिन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त सबै सेवासुविधा समेत फिर्ता गरेको जानकारी दिए।
खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिदै मंगलबार पदबाट राजीनामा दिएका थिए।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast