अविरल वर्षाले साल्पामा ६ घर विस्थापित

हिमाल प्रेस २७ साउन २०८२ १७:१०
8
SHARES
अविरल वर्षाले साल्पामा ६ घर विस्थापित प्रतिनिधिमूलक तस्बिर।

भोजपुर- अविरल वर्षाका कारण भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका-६ मा ६ घरपरिवार विस्थापित भएका छन्।

केही दिनदेखिको अविरल वर्षाका कारण साल्पासिलिछो वडा नं ६, खाम्दाकका ६ घर परिवार घर छाडेर अन्यत्र विस्थापित भएका हुन्।

घरमाथि र मुनिबाट पहिरो जान थालेपछि उनीहरूलाई सुरक्षित आफन्त तथा अन्य स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले जानकारी दिए।

चर्किएर घरमा बस्न नमिल्ने गरी क्षति पुगेकाले उनीहरूलाई आफन्त र क्लबको भवनमा राखिएको वडाध्यक्ष वनको भनाइ छ।

विस्थापित हुनु हुनेहरूमा सोही वडाका विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवले वर्षासँगैको पहिरोको जोखिममा परेको जानकारी आएको बताए।

प्रकाशित: २७ साउन २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast