कुलिङ पिरियड विवाद : कांग्रेस सांसद मिश्र भन्छन्- प्रतिवेदन लजाएको जस्तो देखिन्छ,धेरै नबोलौँ

हिमाल प्रेस २७ साउन २०८२ १५:२३
32
SHARES
कुलिङ पिरियड विवाद : कांग्रेस सांसद मिश्र भन्छन्- प्रतिवेदन लजाएको जस्तो देखिन्छ,धेरै नबोलौँ

काठमाडौँ- राष्ट्रियसभा सदस्य (सांसद) तथा नेपाली कांग्रेसका नेता नारायदत्त मिश्रले कुलिङ अफ पिरियडसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन्। मंगलबारको बैठकमा बोल्दै उनले समितिले यथार्थ पूर्ण रूपमा छानबिन गर्न नसकेको बताए।

मिश्रले छानबिन समितिको प्रतिवेदन ‘अलिअलि लजाएको जस्तो’, ‘भन्न खोजेको कुरा भन्न लाज मानेको जस्तो’ देखिएको टिप्पणी गरे। उनले व्यङ्ग्य गर्दै भने, ‘सबै दलको सहमतिमा तयार भएको प्रतिवेदनमा धेरै बोल्न नपर्ने’ पनि बताए।

उनले संविधानमा उल्लेखित समाजवाद ठूला कर्मचारीहरूलाई कुलिङ पिरियड हटाएर तुरुन्त अर्को जागिरको व्यवस्था मिलाउन केन्द्रित भएको आरोप लगाए। साथै, संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्ने विशेष समितिले प्रभावकारी काम नगरेको बताए।

मिश्रले भने,‘हामी दुई जना सांसदले समिति छाडेका छौँ,अब बाँकी सदस्यहरूले के गर्छन्, हेरौँ।’ उनले कुलिङ पिरियड राख्दा देशमा ठूलो फरक नपर्ने उल्लेख गर्दै यसलाई लिएर राजनीतिक खेलबाड भइरहेको भन्दै संसद्ले गरेको निर्णयको विरोध गरे।

उनले कुलिङ पिरियड नहुँदा पनि काम चलेको र यस व्यवस्थाले दुधले धुने मानिसहरूलाई मात्र प्रभावित गर्ने बताए। साथै, संसदको निर्णय उल्ट्याउनेहरूलाई कारबाही नहुँदा यस्ता गतिविधि दोहोरिने चेतावनी पनि दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast