राहत शिक्षक : पेसागत निरन्तरतासहितको सामाजिक सुरक्षा कोष मात्र समाधान : अध्यक्ष खत्री

हिमाल प्रेस २७ साउन २०८२ ११:४०
1.8k
SHARES
राहत शिक्षक : पेसागत निरन्तरतासहितको सामाजिक सुरक्षा कोष मात्र समाधान : अध्यक्ष खत्री

काठमाडौँ- नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले ४० हजार राहत शिक्षकको पेसागत सुरक्षा र जागिर जोगाउन सातै प्रदेशका समितिहरूलाई ‘पेसागत निरन्तरता सहितको योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ एजेन्डामा लामबद्ध हुन आग्रह गरेका छन्।

अध्यक्ष खत्रीका अनुसार पेसागत सुरक्षा आन्दोलन नेतृत्वको क्षमता विकाससँग जोडिएको हुन्छ। ‘नेतृत्व गर्ने नेताले संकिर्ण मानसिकता त्यागेर समयानुकूल दृष्टिकोण निर्माण गर्न सक्नुपर्छ, नभए आफूसँगै पेसाकर्मीहरू पनि अप्ठ्यारोमा पर्छन्,’ उनले भने।

उनले विगतमा राष्ट्रिय समिति जन्मनु नै तत्कालीन नेतृत्व समयानुकूल अपडेट हुन नसक्नुको परिणाम भएको बताए। उनले भने,‘अब दुबै समिति मिलेर आन्दोलन, लबिइङ र पक्षिकरणको वातावरण बनाउन अग्रजहरूले पहल गरिरहनु भएको छ, हामी त्यसका लागि तयार छौं।’

खत्रीले ६०/४० को आन्तरिक परीक्षा व्यवस्था व्यवहारमा ३५/६५ रहेको दाबी गर्दै राष्ट्रिय समितिसँग निहुँ खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरे। ‘नाक ठाडो पारेर गोल्डेन ह्यान्डसेक पाइन्छ भनेर काम छैन, आन्तरिक परीक्षा सर्वोच्चले ऐनमा आए पनि खारेज गर्न सक्छ,’ उनले  भने।

उनका अनुसार ४० हजार राहत शिक्षकको पेसागत सुरक्षा ‘पेसागत निरन्तरता सहितको सामाजिक सुरक्षा कोष’ को एजेन्डाले मात्र सुनिश्चित गर्न सक्ने भएकाले तहबाटै सबैले प्रयास गर्नुपर्ने छ।

प्रकाशित: २७ साउन २०८२ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast