बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पाउनै सकस, लामा पक्षधरले के गर्लान्?

हिमाल प्रेस २७ साउन २०८२ ८:२८
44
SHARES
बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पाउनै सकस, लामा पक्षधरले के गर्लान्? फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

साउन २० गते एमाले–कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन्। बाँनियालाई ५६ सांसदको समर्थन आवश्यक पर्छ।

बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम आज विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री बनेको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री बानियाँले त्यसअघि नै आज विश्वासको मत लिने भएका हुन्।

नेकपा एमाले र नेपाली कांग्रेस दुबै दलले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका केही कांग्रेस सांसद भने असन्तुष्ट रहेका छन्।
लामाले आफ्नो आफ्नो समूहका तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान कायमै राखेका छन्। यसबीच लामा समूहका १४ सांसदले आफूपक्षीय ३ जनालाई मुख्यमन्त्री बानियाँले मन्त्री नबनाए विश्वासको मत नदिने तथा उस्तै परे प्रदेशसभा सदस्यबाटै सामूहिक राजीनामा दिने चेतावनी पनि दिए।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।

प्रकाशित: २७ साउन २०८२ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast