
काठमाडौँ- राप्रपा नेपाल धनुषा जिल्ला कार्यसमितीको बैठकले देवन गोइतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ।
गोइत पार्टी स्थापना कालदेखिकै राप्रपा नेपालका कार्यकर्ता हुन्। उनले ०६२/६३ मा धनुषाको पार्टी अध्यक्षको जिम्मेवारीमा थिए।
यसैगरी केही दिन अघि पार्टी प्रवेश गरेका डा. बालकृष्ण दाहाल,डा. सुदर्शन सुवेदी र अर्थविद प्रकाश थापालाई अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन्।
डा. दाहाललाई शिक्षा विभागको प्रमुख र डा.सुवेदीलाई प्रशिक्षण विभागको सदस्यको रुपमा जिम्मेवारी दिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित: २७ साउन २०८२ ७:१७
प्रतिक्रिया