नेपालगन्ज-नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

हिमाल प्रेस २६ साउन २०८२ १५:४९
16
SHARES
नेपालगन्ज-नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरिएको हो।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए। उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे।

प्रकाशित: २६ साउन २०८२ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast