
काठमाडौँ- अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी २० शृंखलामा नेपालबाट ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् ।
ललितकी आमाको आइतबार निधन भएसँगै नेपाल क्रिकेट संघ (क्यान) उनको ठाउँमा शाहवलाई टोलीमा राखेको हो । क्यानले यसअघि नै टप एण्ड टी २० शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।
अगस्ट १४ बाट सुरु हुने उक्त शृंखलाका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। त्यसअघि क्यानले खेलाडीलाई एक कार्यक्रम गर्दै बिदाइ गरेको हो। बिदाईमा शाहव सहभागी छन्।
प्रकाशित: २६ साउन २०८२ ६:४७
प्रतिक्रिया