मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस २६ साउन २०८२ ६:३६
12
SHARES
मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ- मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर घरपझोङ-३ स्याङस्थित बेनी-जोमसोम सडकमार्गमा आइतबार राति ८ बजे दुर्घटनामा परेको हो।

ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका निसी खोला गाउँपालिका-५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोर्खा धार्चे गाउँपालिका-५ माछीखोला बस्ने ६० वर्षीय आशबहादुर गुरुङ घाइते भएका छन्। उनको अवस्था सामान्य छ। रासस

प्रकाशित: २६ साउन २०८२ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast