खनाल र श्रेष्ठबीच भेटवार्ता, वाम एकताबारे छलफल

हिमाल प्रेस २५ साउन २०८२ १७:४४
76
SHARES
खनाल र श्रेष्ठबीच भेटवार्ता, वाम एकताबारे छलफल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। आइतबार खनालको डल्लुस्थित निवासमा दुवै नेताबीच भेटवार्ता भएको हो।

भेटका क्रममा कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय आइरहेको विग्रह र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने विषयमा छलफल भएको बताइएको छ।

त्यस्तै उनीहरूबीच वैज्ञानिक समाजवाद प्राप्तिका लक्ष्यलाई अगाडि बढाउन सम्भावित कार्यनीति, कम्युनिस्ट एकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा समेत छलफल भएको थियो।

यो प्रारम्भिक छलफल रहेकाले यसलाई पुनः निरन्तरता दिने सहमति खनाल र श्रेष्ठबीच सहमति जुटेको छ।

वाम एकता र समग्र वाम आन्दोलनका बारेमा कुराकानी भए पनि दुई पार्टीबीच मात्र केन्द्रित भएर एकताको बारेमा कुराकानी नभएको एकीकृत समाजवादीका सम्मानित नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

प्रकाशित: २५ साउन २०८२ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast