प्रधानमन्त्री ओली र देउवा शिक्षा सुधारमा गम्भीर छैनन् : घर्ती

हिमाल प्रेस २५ साउन २०८२ १७:२०
42
SHARES
प्रधानमन्त्री ओली र देउवा शिक्षा सुधारमा गम्भीर छैनन् : घर्ती

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले सरकार शिक्षा ऐनप्रति अनुदार रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले निवर्तमान शिक्षामन्त्री रघुजी पन्तकै भनाइबाट प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शिक्षा विधेयकप्रति कति अनुदार छन् भन्ने कुरा पुष्टि गर्ने बताएका हुन्।

‘निवर्तमान शिक्षामन्त्रीकै शब्दमा भन्ने हो भने शिक्षाप्रति गठबन्धन सरकारको मूल नेतृत्व, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीज्यू नै यसप्रति अनुदार हुनुहुन्छ। जसरी शिक्षालाई व्यवसायीकरण गरिराखिएको छ,यसमा हामीले उनीहरूलाई घाटा लगाउने किसिमले गर्न सकिँदैन भनेर उहाँहरूले भन्नुभएको छ। सरकारको दृष्टिकोण के हो भन्ने कुरा प्रष्टरूपमा छ,’उनले भने।

वर्तमान सरकारले शिक्षकको आन्दोलन र उनीहरूसँग भएको सहमति कार्यान्वयन नगरेको बताए। उनले भने,‘शिक्षक महासंघले पूर्ववर्ती सरकारसँग जुन सम्झौता गर्‍यो। त्यो सम्झौतालाई अहिलेको सरकारले कार्यान्वयन गर्न सकिराखेको छैन। सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा सरकारको उदासिनता किन भयो?’

उनले संविधानले व्यवस्था गरेको निःशुल्क शिक्षाको अधिकारबाट कसैलाई पनि वञ्चित गराउन नहुने बताए। ‘विद्यालयको कुरा गर्ने हो भने पनि निःशुल्क शिक्षाको कुरा हाम्रो संविधानले गरेको छ। तर,विद्यालयमा जाने बेलामा पहिला त हामीले भर्ना शुल्क लिन्छौं। अनि त्यसपछि पढाइको कुरा हुन्छ। संविधानले नै व्यवस्था गरेको नागरिकको अधिकारलाई वञ्चित गर्न हुँदैन भनेर हामीले उठाएका प्रश्न हुन्,’उनले भने।

नेता घर्तीले शिक्षालाई व्यापारीकरण गर्न नहुने बताए। शिक्षा, स्वास्थ्यजस्ता नागरिकका नैसर्गिक अधिकार राज्यको दायित्वभित्र पर्नुपर्ने उनको भनाइ छ। निःशुल्क स्वास्थ्य, शिक्षाका बारेमा राज्यले नियमन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २५ साउन २०८२ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast