लैङ्गिक संवेदनशीलतालाई कांग्रेसले सधैँ प्राथमिकतामा राखेको छ : देउवा

हिमाल प्रेस २५ साउन २०८२ १६:४२
10
SHARES
लैङ्गिक संवेदनशीलतालाई कांग्रेसले सधैँ प्राथमिकतामा राखेको छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई कांग्रेसले सदैव प्राथमिकतामा राखेको बताएका छन्।

कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक संवेदनशीलता सामाजिक रूपान्तरणको महत्वपूर्ण विषय भएकाले यसलाई पार्टीले समेत प्राथमिकतामा राखेको बताएका हुन्।

लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने उनले प्रतिवद्धता जनाए।

उनले मुलुकको परिवर्तनपछि बनेको संविधानमा समेत महिलाहरुको समान अधिकारलाई विशेष व्यवस्था गरेकै कारण मुलुकको उच्च तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको जिकिर गरे।

कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले लैङ्गिक समानता महिलाको मात्रै नभइ समग्र सामाजिक रुपमा पछाडि पारिएका समुदायहरुको मुद्दा रहेकाले लैङ्गिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast