
काठमाडौँ- फिल्म ‘पार्वती’ को दुई पोस्टर सार्वजनिक भएको छ। फिल्मकी मुख्य कलाकार अभिनेत्री नीता ढुंगानाको लुक्स सार्वजनिक गरिएको छ।
एक पोस्टरमा उनी पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन्। अर्काेमा भने उनी गाउँले पोशाकमै मुस्कान र लजालुपनसहित प्रस्तुत भएकी छन्। जसले उनको निराशता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ।
फिल्म नीताकै निर्देशनमा बन्नेछ। फिल्मको कथा नीताले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको छ।
निर्माण टिमका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो,जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्साउँछ।।
आगामी असोजदेखि फिलमको छायांकन सुरू हुनेछ। फिल्म कविर लाल र शाहिद लालले छायांकन गर्ने छन्।
फिल्ममा अन्य कलाकार तथा प्राविधिकबारे खुलाइएको छैन्। निर्माण टिममा भने साबित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना छन्। तथापि पोस्टरमा फिल्म आगामी माघ १ मा प्रदर्शन गर्ने भनिएको छ।