राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री, के हो संवैधानिक परिषद्‍सम्बन्धी विधेयक?

हिमाल प्रेस २५ साउन २०८२ १०:३८
34
SHARES
राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री, के हो संवैधानिक परिषद्‍सम्बन्धी विधेयक?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ। पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल चलिरहेको स्रोतको दाबी छ।

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा अहिले सरकार र राष्ट्रपतिबीच टसल छ। यसअघि दुवै सदनबाट पारित गरेर पठाइएको विधेयक राष्ट्रपतिले फिर्ता पठाएका थिए। सरकारले फेरि पनि विधेयकलाई प्रमाणीकरणका लागि पठाउने तयारी गरेको छ। यस विषयमा पनि छलफल चल्ने स्रोतको दाबी छ।

प्रकाशित: २५ साउन २०८२ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast