
काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरू को बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार पाँचथर, झापा, इलाम, लमजुङ र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, रोल्पा, अछाम, बझाङ, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।