
काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर साधारणतया बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: २५ साउन २०८२ ६:३४
प्रतिक्रिया