पोखराबाट अवैध सुनचाँदी कारोबारमा संलग्न ११ भारतीय पक्राउ

हिमाल प्रेस २४ साउन २०८२ २०:३५
28
SHARES
पोखराबाट अवैध सुनचाँदी कारोबारमा संलग्न ११ भारतीय पक्राउ

पोखरा– पोखराका विभिन्न वडामा अवैध तरिकारले सुन तथा चाँदीको कारोबार भएको भन्ने सूचना कास्की प्रहरील प्राप्त गरिसकेको थियो। सोही सूचना आधारमा प्रहरीले अनुसन्धान सुरु ग¥यो।

त्यसका लागि, गण्डकी प्रदेश प्रहरी कार्यालयको समेत फोर्स आवश्यक पर्ने देखियो। जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयबाट संयुक्त टोलीसहित प्रहरी शुक्रबार पोखराका वडा २, ३, ४ र ९ क्षेत्रमा खटियो।

जसमा अपत्यारिलो गिरोह फेला पर्‍यो। प्रहरीले अवैध सुनचाँदीका गहनासहित ११ जना भारतीय नागरिकलाई शुक्रबार राति पक्राउ गर्न सफल भयो। प्रहरीले बरामद गरेको ६ किलो ४ सय ग्राम अवैध सुन, गरगहनासहित ११ जनालाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीका गहना विक्री वितरण भैरहेको सूचनापछि ‘अप्रेसन एल्लो मेटल’ नाम दिएर अनुसन्धान गरिएको जानकारी दिए।

उनका अनुसार अवैध सुनमात्रै ६ केजी ४ सय ग्राम अर्थात् ५४९ तोला ४० लाल बरामद गरिएको छ। यस्तै, ४ सय ४४ तोला, ७३ लाल चाँदी र ५ लाख १४ हजार नगद बरामद भएको छ। बरामद सुनचाँदी शुक्रबारको मूल्यअनुसार करिब ११ करोड रुपैयाँ पर्छ।

पक्राउ परेका भारतीय नागरिकहरुले अनुसन्धानको क्रममा आफूहरु पेशाले कालिगढ मात्र भने पनि उनीहरु नै व्यवसायी र कालिगढ भएको प्रहरीको दाबी छ।

पक्राउ परेकालाइ आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय पठाउने तयारी गरिएको प्रहरीले जनायो।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र घर भई पोखरा २ मा सुनचाँदी कालीगढको काम गर्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, भारतको कोलकत्ताका ४५ वर्षीय मनिक लाल आदक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाव, सोही ठाउँका ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा, कोलकत्ताका ३५ वर्षीय असित वर, कोलकत्ताकै ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, महाराष्ट्रका ४० वर्षीय सुनिता पवार र ४९ वर्षीय प्रोभास माझी छन्। उनीहरु सुनचाँदीको काम गर्ने तथा कालीगढ हुन्।

प्रकाशित: २४ साउन २०८२ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast