न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

हिमाल प्रेस २४ साउन २०८२ १८:५५
16
SHARES
न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते अमेरिकाको न्युयोर्क सहरको टाइम्स स्क्वायर

काठमाडौँ– अमेरिकाको न्युयोर्क सहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ। विभागका प्रवक्ताले एएफपीसँग भने, ‘स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो।

प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ भने १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरिरको तल्लो भागमा चोट लागेको छ।

चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ।

घाइते तीनै जनालाई न्यूयोर्क सहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

‘आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,’ न्युयोर्क प्रहरी विभागका प्रवक्ताले बताए।

पक्राउ परेका युवकमाथि अनुसन्धान जारी रहेकोले औपचारिक रूपमा अभियोग लगाइएको छैन।

दैनिक दशौँ हजार पर्यटक आउने सहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औँ स्ट्रिट र सेभेन्थ एभिन्यूमा गोली चलेको हो।

न्युयोर्क टाइम्सले सन् २०२५ को पहिलो सात महिनामा सहरमा गोली काण्ड र गोली प्रहारका घटनामा अहिलेसम्मकै न्यून रहेको यसै महिनाको सुरुमा अधिकारीलाई उद्धृत गरी बताएको थियो।–रासस/एएफपी

प्रकाशित: २४ साउन २०८२ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast