इटहरीमा गलत लेनको प्रयोगले दुर्घटना, दुई युवकको मृत्यु

हिमाल प्रेस २४ साउन २०८२ १६:१४
24
SHARES
इटहरीमा गलत लेनको प्रयोगले दुर्घटना, दुई युवकको मृत्यु

इटहरी– इटहरीमा गलत लेनको सडक प्रयोग गर्दा दुर्घटना भएको छ। इटहरी २० स्थित चारकोसे झाडीमा प्र १–०२९–००२ ख ०४५५ नम्बरको बस र को २२ प २१२५ को स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

स्कुटरमा सवार झापा बिर्तामोड नगरपालिका ५ का अन्दाजी २५–२६ वर्षका सुजन बिक र सुरज बिकको दुर्घटनामा मृत्यु भएको तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) टीका नेपालले जानकारी दिए।

उनका अनुसार शनिबार इटहरी धरानको चारकोसे क्षेत्रमा पर्ने उक्त खण्डमा दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रत्यक्षदर्शीको भनाइअनुसार इटहरीबाट धरानतर्फ बस जाँदै गरेको थियो। स्कुटर पनि सोही लेनबाट आइरहेको थियो। गलत लेनको प्रयोगका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

उनीहरू धरानतिरबाट इटहरीतर्फ आउँदै गरेको हुनसक्ने भए पनि गलत लेन प्रयोग गरेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न बस चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २४ साउन २०८२ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast