विद्युत व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

हिमाल प्रेस २४ साउन २०८२ १५:०७
10
SHARES
विद्युत व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत नेपालले विद्युतमा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्।

‘हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,’ प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

उनले विगतमा बिजुलीको आमप्रयोगमा विद्युतभार कटौती हटे पनि उद्योगमा विद्युत कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको उल्लेख गरेका छन्।

प्रकाशित: २४ साउन २०८२ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast