कर्णाली प्रदेश सरकारले सहिद दिवस तीन दिनसम्म मनाउने

हिमाल प्रेस २४ साउन २०८२ १३:४२
18
SHARES
कर्णाली प्रदेश सरकारले सहिद दिवस तीन दिनसम्म मनाउने

सुर्खेत- कर्णाली प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाइने भएको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५ गते कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोह समिति गठन गरिएको छ।

प्रदेश स्थापना दिवसको पृष्ठभूमिमा २०७२ सालको संविधानसभाबाट संघीयताको खाका सार्वजनिक भएपछि कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेशको स्थापना भएको हो। २३ भदौ २०७२ को मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमांकनसहितको प्रस्ताव सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन उत्कर्षमा पुगेको थियो ।

चार जनाले ज्यान गुमाउनुपरेको उक्त आन्दोलनपछि अन्ततः ४ भदौ २०७२ मा साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिम जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना भएको थियो ।

प्रकाशित: २४ साउन २०८२ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast