
भक्तपुर- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा पूर्व सहमतिहरूलाई बेवास्ता गरिएको भन्दै सम्बन्धित पक्षहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।
महासंघका अनुसार शिक्षकको बढुवा, सरुवा, विभागीय कारबाही, ट्रेड युनियन अधिकार, बालकक्षा शिक्षकको व्यवस्था लगायतका विषयमा अपेक्षित व्यवस्थाहरू विधेयकमा नरहेको देखिएको छ।
महासंघले गत आन्दोलनको भावना बिर्सेर ल्याइएको विधेयकले फेरि आन्दोलनको अवस्था निम्त्याएको जनाएको छ।
प्रकाशित: २४ साउन २०८२ ७:५१
प्रतिक्रिया