सप्तरीमा घरायसी विवादमा भाइले गरे दाजुको हत्या

हिमाल प्रेस २३ साउन २०८२ २१:२३
28
SHARES
सप्तरीमा घरायसी विवादमा भाइले गरे दाजुको हत्या

राजविराज (सप्तरी)- सप्तरीको राजविराज नगरपालिका-२, स्थित पडरियामा आज (शुक्रबार) घरायसी विवादका क्रममा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन्।

स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाइ लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।

चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २३ साउन २०८२ २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast