करेन्ट लागेर एक जनाको मृत्यु

हिमाल प्रेस २३ साउन २०८२ २१:१२
10
SHARES
करेन्ट लागेर एक जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा आज (शुक्रबार) करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

स्थानीय हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिमा काम गर्ने सोही नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए।

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल वसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।

प्रकाशित: २३ साउन २०८२ २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast