सहरमा आजः साउनको चौथो शनिबार कहाँ केके हुँदैछ?

हिमाल प्रेस २४ साउन २०८२ ८:३६
52
SHARES
सहरमा आजः साउनको चौथो शनिबार कहाँ केके हुँदैछ?

काठमाडौँ- आज साउनको अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ।
जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता थिएटर नाट्यमय भएको छ। हलमा नेपाली र हिन्दी फिल्म पनि चलिरहेको छ।

हेरौं, उपत्यकामा केके हुँदै छ?

मण्डलामा ‘फार अवे’

थापागाउँस्थित मण्डला थिएटरमा साउन २० देखि नाटक ‘फार अवे’ मञ्चन भइरहेको छ। वान वल्ड थिएटरको प्रस्तुति रहेको नाटक बेलायती नाटककार केरिल चर्चिलले लेखेका हुन्। नाटक राजकुमार पुडासैनीको निर्देशनमा बनेको छ। अंग्रेजी नाटकमा नेपाली कलाकार रिशु राउत, रुजा राउत र अनिश बिमलीले अभिनय गरेका छन्। नाटकको आज र भोलि दुई सो हुँदैछ । साँझ ५ः३० बजे।

साधना घरमा दोरुम्बा

सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेज एन्ड फिल्म स्टुडियोको साधना घरमा साउन १५ देखि नाटक ‘दोरुम्बा’ मञ्चन भइरहेको छ। नाटक माओवादी द्वन्द्वकालको घटनामा आधारित छ। अन्तिम
सुमनकुमार वाग्लेको लेखन रहेको नाटक सुदीप सिटौलाले निर्देशन गरेका हुन्। नाटकमा द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्षबाट पीडित जनताको कथा प्रस्तुत गरिएको छ। कलेजकै विद्यार्थीले अभिनय गरेको नाटक यही साउन २४ गतेसम्म मञ्चन हुनेछ। नाटकको आज शनिबार दुई सो छ, दिउँसो १स्१५ र बेलुका ५स् ३० बजे।

मण्डलामा ‘स्वर्णदेश’

थापागाउँस्थित मण्डला थिएटरमा साउन ९ देखि नाटक ‘‘स्वर्णदेश– द ड्रिमल्यान्ड अफ मिल्क एन्ड ग्रेभ्स’ मञ्चन भइरहेको छ। नाटक रंगकर्मी आकाश नेपालीको डेब्यु निर्देशनमा बनेको छ। नाटकको कथा सरिता कठायतले लेखेकी हुन्। साउन २५ सम्म मञ्चन हुने नाटक अवैध बाटो हुँदै अमेरिका जाने युवाको आधारित छ। नाटकमा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी लुहार, जर्निको ‘निफ’ कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराढ पनेरु, आरती गौतम, अनिल कुर्मी र आदित्य मिश्रको अभिनय छ। सोमबारबाहेक साताको प्रत्येक दिन ६ः४५ बजे मञ्चन हुने नाटक शनिबार दिउँसो ३ः३० बजेको अतिरिक्त सो हुनेछ।

कान्तिपुर थिएटरमा ‘शिरीषको फूल’

गैरीधारास्थित कान्तिपुर थिएटरमा साउन ८ देखि नाटक ‘शिरीषको फूल’ मञ्चन भइरहेको छ। नाटकका निर्देशक पत्रिका घिमिरे हुन्। कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको नाटक साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ मा आधारित छ। नाटकमा फिल्मका कलाकार जीवन लुइँटेल, सनिशा भट्टराई र राज न्यौपानेको अभिनय छ। जीवन सुयोगवीर बनेका छन् भने सनिशा सकम्बरी। त्यस्तै राज शिवराजको भूमिकामा देखिएका छन्। साउन २७ सम्म नाटक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ।

कौसी थिएटरमा ‘कागताली’

टेकुस्थित कौसी थिएटरमा नाटक ‘कागताली’ यही साउन ७ देखि मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक नवीन चन्द्र अर्याल हुन्। नाटकले एउटा परिवारमा भएको मृत्युको रहस्यात्मक घटनालाई देखाएको छ। यसमार्फत महिला स्वतन्त्रता र सशक्तीकरणको विषय जोडिएको छ। साउन ३१ सम्म मञ्चन हुने नाटकमा बास्ना तिमिल्सिना, रूपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही, युबिना भट्टराई र आकृति बुढाथोकीले अभिनय गरेका छन्। नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० मा मञ्चन भइरहेको छ शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

हलमा कुन कुन फिल्म?

सिटामोल

फिल्म ‘सिटामोल’ यही साउन २३ देखि प्रदर्शन भइरहेको छ। कर्णाली परिवेशमा बनेको फिल्मले जनयुद्धमा घाइते भएका चन्द्र बहादुर बुढा कथामा आधारित फिल्मका निर्देशक राजबहादुर साने हुन्। फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँकला गौतमलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मलमा फिल्मको १५ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘सिटामोल’ प्रदर्शनरत छ।

मोहर

फिल्म ‘मोहर’ पनि साउन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मलमा फिल्मको १४ सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘मोहर’ चलिरहेको अन्य हल हुन्।

विपोन्स
हलिउड फिल्म ‘विपोन्स’ साउन २३ देखि हलमा प्रदर्शन भएको छ। फिल्मका निर्देशक ज्याक क्रेगर हुन्। हरर जनरामा बनेको फिल्ममा जोस ब्रोलिन, जुलिया गार्नर, एल्डेन एहरेनेच, अस्टिन अब्राम्सलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको ११ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाजमा हलिउड फिल्म ‘विपोन्स’ चलिरहेको छ।

सन अफ सरदार २

बलिउड फिल्म ‘सन अफ सरदार २’ साउन १६ देखि हलमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा अजय देवगण, म्रुनाल ठाकुर, कुब्ब्रा सैत। रवि किशन, सञ्जय मिश्रालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक विजय कुमार अरोरा हुन्।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, लबिम मल, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको ७ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमा, बिग मुभिज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।

धडक २

रोमान्टिक ड्रामा र थ्रिलर जनरामा बनेको बलिउड फिल्म ‘धडक २’ साउन १६ देखि नेपालमा प्रदर्श भइरहेको छ। प्रेम कथामा आधारित फिल्मका निर्देशक साजिया इकबाल हुन्। फिल्ममा सिद्दान्त चतुर्वेदी, तृप्ति डिमरी, विपिन शर्मालगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको ५ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमा र रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

साम्राज्य

बलिउड फिल्म ‘साम्राज्य’ साउन १५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन ड्रामा र थ्रिलर जनरामा बनेको छ। गौतम तिन्नानुरीले निर्देशन गरेको फिल्ममा विजय देवेराकोंडा, सत्यदेव, भाग्यश्री बोर्सेलगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको ४ सो छ। क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज र विश्वज्योति हलमा फिल्म चलिरहेको छ।

महावतार नरसिंहा

बलिउड फिल्म ‘महावतार नरसिंहा’ साउन ९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अश्विन कुमार हुन्।
उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल र दरबार सिनेम्याक्समा फिल्मको १४ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, बिग मुभिज, बिएसआर मुभिज, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

द फ्यान्टास्टिक फोरः फस्ट स्टेप्स
हलिउड फिल्म ‘द फ्यान्टास्टिक फोरः फस्ट स्टेप्स’ साउन ९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभाञ्चर जनरामा बनेको फिल्मका निर्देशक म्याट शाकम्यान हुन्। फिल्ममा पेड्रो पास्कल, भेनेसा किर्बि, जोसेफ क्विनलगायत छन्। क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल र छाया सेन्टर फिल्मको २ सो छ।

सैयारा
बलिउड फिल्म ‘सैयारा’ साउन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्म ड्रामा र रोमान्टिक जनरामा बनेको छ। फिल्मका निर्देशक कोहित पुरी हुन्। फिल्ममा आहान पाण्डे, अनिता पड्डा मुख्य भूमिकामा छन्।

शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मलमा फिल्मको २० सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज विश्वज्योति हल र सिके सिनेमाजमा बलिउड फिल्म ‘सैयारा’ प्रदर्शनरत छ।

प्रकाशित: २४ साउन २०८२ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast