कालिकोटमा जिप दुर्घटना, सात घाइते

हिमाल प्रेस २३ साउन २०८२ ११:२९
26
SHARES
कालिकोटमा जिप दुर्घटना, सात घाइते

सुर्खेत- जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालिकोटमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। खुलालु–जुम्ला सडक खण्डअन्तर्गत खाँडाचक्र नगरपालिका-१०, गोलुवामा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल तिला नदीको किनारमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको छ।

घाइतेहरूको सनाखत हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ साउन २०८२ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast