
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न हरियो तरकारीहरूको थोक मूल्य सार्वजनिक गरेको छ।
गोलभेँडा ठूलो (नेपाली) प्रति किलो रु ६०, गोलभेँडा सानो (लोकल) रु २६, आलु रातो रु ५०, प्याज सुकेको (भारतीय) रु ३८, गाजर (लोकल) रु १००, काउली स्थानीय रु १०० कायम भएको छ।
त्यसैगरी, घिउ सिमी (लोकल र हाइब्रिड) रु ८०, भटमास कोसा रु १२०, लौका रु ६५, फर्सी पाकेको रु ५०, सलगम रु ९०, भिण्डी रु ६५ र टाटे सिमी रु ७० कायम गरिएको छ।
बजार समितिले उत्पादन र मागअनुसार मूल्यमा सन्तुलन राख्न प्रयास गरिरहेको जनाएको छ।
प्रकाशित: २३ साउन २०८२ ९:२८
प्रतिक्रिया